भारतीय राजदूत श्रीवास्तवद्वारा प्रधानमन्त्री शाहसँग बिदाइ भेट

मंगलबार, १३ असोज, २०८३
डिजिटल संस्करण

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री बालेन्द्र शाहसँग बिदाइ भेट गरेका छन्। नेपालका लागि आफ्नो राजदूतको कार्यकाल पूरा गरी भारत फर्किन लागेका श्रीवास्तवले मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रधानमन्त्री शाहसँग भेट गरेका हुन्।

भेटमा नेपाल–भारत सम्बन्ध तथा आपसी सहकार्यका विषयमा छलफल भएको जनाइएको छ। प्रधानमन्त्री शाहसँगको भेटपछि श्रीवास्तव आफ्नो कार्यकाल पूरा गरी भारत फर्किने तयारीमा छन्।

सुझावित समाचार