भोटेकोशी बाढीमा बेपत्ता नयाँ पत्रिकाकर्मी थामीको कुशको शव बनाएर अन्त्येष्टि

शनिबार, ३ असोज, २०८३
डिजिटल संस्करण
भोटेकोशी बाढीमा बेपत्ता नयाँ पत्रिकाकर्मी थामीको कुशको शव बनाएर अन्त्येष्टि

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

१० भदौको भोटेकोशी बाढीमा बेपत्ता भएका नयाँ पत्रिकाकर्मी टेकराज थामीको शनिबार कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ । सम्भावित स्थानमा २४ दिनसम्म खोजी गर्दा पनि नभेटिएको र तत्कालीन परिस्थितिको मूल्यांकन गर्दै कुशको शव बनाएर अन्त्येष्टि गरिएको हाे । 

थामीकाे अन्तिम बिदाईमा  परिवारका सदस्य, आफन्त, छरछिमेक  संचारकर्मीलगायत ठूलो संख्यामा  उपस्थिती रहेको थियो ।

केरुङ जानका लागि थामी ९ भदौमा टिमुरे पुगेका थिए । भोलिपल्ट बिहानदेखि उनी सम्पर्कविहीन भएका थिए । नेपाल र चीन दुवैतर्फ उनको खोजी गरिएकाे थियाे । खोजमूलक पत्रकारिता गर्दै आएका थामी एक दशकभन्दा लामो समयदेखि नयाँ पत्रिकामा कार्यरत थिए । 

सुझावित समाचार