ऋण असुलीबाट समस्याग्रस्त पाँच सहकारीका १३५ बचतकर्ताले पाए रकम फिर्ता

शुक्रबार, २ असोज, २०८३
डिजिटल संस्करण

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीका १३५ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ। समितिका अनुसार शिवशिखर सहकारीका ५७, कान्तिपुर सहकारीका ५२, ओरियन्टल को–अपरेटिभका आठ, तुलसी बहुमुखी सहकारीका नाै  र आइडियल यमुना सहकारीका नाैजना साना बचतकर्ताले रकम फिर्ता पाएका हुन्।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले समस्याग्रस्त सहकारीबाट ऋण असुली गरी प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेकी छिन्।

सरकारले समस्याग्रस्त सहकारीको सम्पत्ति तथा ऋण असुलीलाई तीव्रता दिँदै त्यसबाट प्राप्त रकम बचतकर्तालाई फिर्ता गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ। साना बचतकर्तालाई प्राथमिकतामा राखेर रकम फिर्ता गर्ने कार्य भइरहेको मन्त्रालयले जनाएको छ।

सुझावित समाचार