चलचित्र विकास बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान

बिहिबार, १ असोज, २०८३
डिजिटल संस्करण

सरकारले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ। सूचना तथा सञ्चार मन्त्रालयले बिहीबार सूचना प्रकाशित गर्दै अध्यक्ष पदमा एकजना योग्य उम्मेदवार छनोट गरी मनोनयनका लागि सिफारिस गर्नुपर्ने भएकाले इच्छुक व्यक्तिबाट दरखास्त माग गरेको हो।

मन्त्रालयका अनुसार इच्छुक योग्य उम्मेदवारले आगामी ७ असोज (बुधबार) कार्यालय समयभित्र दरखास्त पेस गर्नुपर्नेछ। अध्यक्ष पदका लागि आवश्यक न्यूनतम योग्यता, दरखास्त फाराम तथा दरखास्तसाथ पेस गर्नुपर्ने कागजातसम्बन्धी विस्तृत विवरण मन्त्रालयको वेबसाइटमा उपलब्ध गराइएको छ।

मन्त्रालयले अध्यक्ष पदका लागि योग्य तथा इच्छुक व्यक्तिलाई तोकिएको समयभित्र दरखास्त पेस गर्न आग्रह गरेको छ। सूचना तथा सञ्चार मन्त्रालयको वेबसाइट www.moic.gov.np मा थप विवरण हेर्न सकिनेछ।

सुझावित समाचार