नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला एक हजार सात सय रुपैयाँले बढेर तीन लाख एक हजार आठ सय रुपैयाँ पुगेको छ।
मंगलबार सुन प्रतितोला तीन लाख एक सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ८५ रुपैयाँले बढेको छ। महासंघका अनुसार बुधबार चाँदी प्रतितोला चार हजार ६८५ रुपैयाँमा कारोबार भएको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला चार हजार ६ सय रुपैयाँ थियो।