गरिमा विकास बैंकको २० प्रतिशत लाभांश पारित

मंगलबार, २७ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं/ गरिमा विकास बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभाबाट सेयरधनीलाई दिने भनिएको २० प्रतिशत लाभांश पारित भएको छ । सोमबार कास्कीमा सम्पन्न साधारणसभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र करसहित १० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।

लाभांशसहित अन्य वित्तीय विवरण पनि पारित भएका छन् । गत आवको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदनसहितको विकास बैंकको ०८३ असार मसान्तको वासलात, आव ०८२/८३ को नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण पनि अनुमोदन भएका छन् ।

सोही साधारणसभाले चालू आवका लागि लेखा परीक्षक नियुक्तिको पनि प्रस्ताव पारित गरेको छ । हाल यस बैंकको चुक्ता पुँजी ६ अर्ब दुई करोड १३ लाखभन्दा बढी छ । साधारणसभाबाट पारित भएको १० प्रतिशत बोनस सेयर वितरणपश्चात् चुक्ता पुँजी बढेर ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार पुग्ने बैंकले जनाएको छ । 

सुझावित समाचार