सन् १५०० : पेड्रो अलभारेज क्याब्रल नेतृत्वको पोर्चुगिज नाविक अभियान भारतको कालिकुट पुग्यो । भास्को डी गामाले भारत जाने नयाँ समुद्री बाटो खुलाएपछिको पहिलो समुद्री अभियानको नेतृत्व गर्न क्याब्रल चुनिएका थिए ।
सन् १५०१ : माइकेलान्जेलोले पुनर्जागरणकालको अद्वितीय कलाकृति मानिने ‘डेभिड’को प्रस्तर मूर्ति निर्माण सुरु गरे ।
सन् १८४५ : अंग्रेज रसायनशास्त्री माइकल फाराडेले ‘पोलाराइज्ड’ प्रकाशमाथि पर्ने चुम्बकीय क्षेत्रको प्रभाव पत्ता लगाए ।
सन् १९२२ : लिबियाको ‘अल अजिजिया’ भन्ने ठाउँमा ५८ डिग्री सेल्सियसको तापमान भएको भनियो । तथापि, सन् २०१२ मा विश्व जलवायु संगठनले यस मापनलाई गलत ठहर गरिदियो । संगठनका अनुसार विश्वको सही उच्च तापक्रम सन् १९१३ जुलाई १० को दिन मापन गरिएको थियो । सो दिन क्यालिफोर्निया राज्यका डेथ भ्यालीको क्रिक ¥यान्चमा ५६.७ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको थियो ।
सन् १९२३ : स्पेनका जनरल मिगेल प्राइमो डी रिभेरा देशका राजा अलफोन्सो तेह्रौँको सहयोगमा सैन्य कुमार्फत नयाँ प्रधानमन्त्री बने ।
सन् १९५९ : सोभियत संघले पठाएको अन्तरिक्षयान लुना–२ चन्द्र धरातलमा अवतरण ग¥यो । यसले पहिलो मानवनिर्मित यान पृथ्वीबाहेकको अन्य अन्तरिक्ष वस्तु छुने रेकर्ड बनाएको थियो ।
सन् १९७१ : दुई दिनअघि बितेका पूर्वसोभियत नेता निकिता ख्रुस्चेवको (कार्यकाल सन् १९५३–१९६४) अन्तिम संस्कार सम्पन्न गरियो ।
सन् १९८५ : सिगेरु मियामोतोले विकास गरेको ‘सुपर मारियो ब्रोज’ नामक भिडियो गेम पहिलोपटक सार्वजनिक गरियो ।
सन् १९८९ : पादरी डेसमन्ड टुटुको नेतृत्वमा रंगभेदविरोधी आन्दोलनको इतिहासकै सबैभन्दा ठुलो विरोध ¥याली निस्कियो ।
सन् १९९३ : नर्वेको मध्यस्थतामा भएको इजरायल–प्यालेस्टाइनबिचको शान्ति सम्झौता ‘ओस्लो एकर्ड’ सार्वजनिक गरियो ।
इतिहासमा आज : सेप्टेम्बर १३
चीनले १० करोड टनको तेल भण्डार पत्ता लगायो
२ वर्ष अघि
सुझावित समाचार
दिल्लीमा सरकारविरुद्धको प्रदर्शन जारी
नयाँदिल्ली/ भारतमा मतदाता नामावलीमा भएको विवादित फेरबदलविरुद्ध आइतबार पनि सरकारविरुद्ध विद्यार्थी प्रदर्शन भएको छ । प्रमुख निर्व…
स्पेन मध्यावधि चुनावतिर !
देशमा देखिएको आवास संकट समाधान गर्ने उपाय समेटिएको दुई विधेयकलाई सांसदका दक्षिणपन्थी सांसदहरूले अस्वीकृत गरिदिएपछि स्पेनभर ह…
किन बारम्बार भंग हुन्छ गाजा शान्ति–सम्झौता ?
संलग्न पक्षधरहरूलाई कसरी जवाफदेही बनाउने भन्ने विषय सम्झौतामा स्पष्ट उल्लेख नहुँदा अधिकांश सम्झौता विफल भएका छन्
इतिहासमा आज (अक्टोबर ४)
सन् १९५७ : सोभियत संघले विश्वको पहिलो कृत्रिम भूउपग्रह ‘स्पुतनिक प्रथम’ प्रक्षेपण गर्‍यो सन् १५३५ : अंग्र…
मतदाता नामावलीमा फेरबदलविरुद्ध विद्यार्थीको प्रदर्शन
नयाँदिल्ली/ भारतमा मतदाता नामावलीमा भएको विवादित फेरबदलविरुद्ध शनिबार पनि सरकारविरुद्ध विद्यार्थी प्रदर्शन जारी रह्यो । प्रमुख न…
इतिहासमा आज
सन् १९३८ : जर्मनी, संयुक्त अधिराज्य, फ्रान्स र इटली चेकोस्लोभाकियाको जर्मनभाषी क्षेत्र सुडेटेनल्यान्ड जर्मनीलाई सुम्पन तयार भए । सोही…