आसिफ शेखको सतक तथा गुल्शन झाको अर्धसतकमद्धतमा नेपालले एसिसी प्रिमियर कपको फाइनलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई तीन सय १४ रनको लक्ष्य दिएको छ। शनिबार मलेसियाको बायुमास क्रिकेट ओभल टस जितेर सुरूमै ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै तीन सय १३ रन बनाएको हो।
कप्तान सन्दीप लामिछानेले टस जितेर ब्याटिङ गर्ने गरेको निर्णय प्रभावकारी देखियो। नेपाली ब्याटरले एसिया कप छनोटको निर्णायक खेलमा खुलेरै ब्याटिङ गरे। नेपालको ओपनिङदेखि मध्यक्रम सबैले सानदार ब्याटिङ गरेका थिए ।
नेपालमा ओपनर आसिफ शेखले सतक बनाए। उनले १०६ बलमा १०२ रन बनाएका हुन् । २५ वर्षीय ब्याटरले ८ चौका र ४ छक्का प्रहार गरेका थिए। उनले सतक बनाउँदा नेपालले ३४ ओभरमा दुई विकेट गुमाएर १८५ रन बनाएको थियो। आसिफको यो दोस्रो सतक हो। यसअघि उनले कीर्तिपुर मैदानमा पिएनजीविरुद्ध सन् २०२३ मा पहिलो पटक सतक बनाएका थिए । ७६ एकदिवसीय खेल खेलिरहेका आसिफले हालसम्म दुई सतक र १५ अर्धसतक बनाएका छन्।
अर्का ओपनर अर्जुन कुमालले आसिफसँगले उत्कृष्ट सुरुआत गरेका थिए। दुई खेलाडीबीच पहिलो विकेटको लागि ९७ रनको साझेदारी भएको थियो। युवा ओपनर अर्जुनले ६३ बलमा ४३ रन बनाएर रन आउट भए। गुल्शन झाले आक्रमक अर्धसतक बनाए । उनले ३८ बलमा तीन चौका र ४ छक्का हिर्काएका हुन् । छक्का हान्नेक्रममा उनलाई अबरार अहमदले तानिस सुरीबाट क्याच गराएका थिए ।
पूर्व कप्तान रोहितकुमार पौडेलले पनि ४४ बलमा ४० रनको योगदान गरे । उनले २ चौका प्रहार गरेका थिए । रोहितले क्रिजमा आसिफ र गुल्शनसँग दुई बलियो साझेदारी गर्दै नेपाललाई बलियो स्थितिमा पुर्याएका थिए । रोहित र आसिफबीच तेस्रो विकेटको लागि ५३ बलमा ६८ रनको साझेदारी भयो । चौथो विकेटको लागि रोहितले गुल्शनसँग ५४ बलमा ६७ रनको तेस्रो ठूलो साझेदारी गरेका हुन् ।
बसिर अहमद १५ रनमा अविजित रहे। उनले चार बलमा दुई चौका र एक छक्का हिर्काएका थिए । यसअघि तेस्रो नम्बर क्रिजमा आएका इशान पाण्डे १३ रन बनाएर आउट भए । दीपेन्द्रसिंह ऐरीले पनि १८ बलमा १८ रन बनाएका हुन् ।
युएईका अबरार अहमदले सर्वाधिक ४ विकेट लिएका थिए । तर, उनले ८ ओभरमा सर्वाधिक ६२ रन नै खर्चिए । ९ ओभरमा ६२ रन बेहोरेका खुजाइमा तान्विरले पनि दुई विकेट लिए। यो फाइनल जित्ने टोली सन् २०२७ को एसिया कपमा स्थान बनाउने छ । नेपाल र युएई दुबै दोस्रो पटक एसिया कप खेल्ने योजनामा छन् ।