संस्कृति र प्रिमियर फाइनलमा

शुक्रबार, २६ भदौ, २०८३
डिजिटल संस्करण

संस्कृति इन्टरनेसनल स्कुल र प्रिमियर इन्टरनेसनल आइबी वल्र्ड स्कुल प्रथम आइडब्लुएस बास्केटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।

संस्कृति सिनियर पुरुष तथा प्रिमियर जुनियर पुरुषतर्फ फाइनलमा पुगेका हुन् । संस्कृतिले जेम्सलाई ४७–२० ले पराजित गर्यो । फाइनलमा संस्कृतिको भेट निस्टसँग हुनेछ । अर्को खेलमा प्रिमियरले डिभाइनलाई २७–३ ले सहजै हरायो ।

उपाधिका लागि प्रिमियरले डेफोडिलविरुद्ध प्रतिस्पर्धा गर्नेछ । सिनियर महिलाको उपाधि भिडन्त काष्ठमण्डप विद्यालय र निस्टबिच हुनेछ । 

सुझावित समाचार