४५ सहिदको सालिक तयार भए पनि अनुहार नमिलेकाले अनावरण रोकियो

बिहिबार, २५ भदौ, २०८३
डिजिटल संस्करण

गत वर्ष २३ र २४ भदौको जेन–जी आन्दोलनमा ज्यान गुमाएका ४५ सहिदको सालिक तयार भए पनि अनुहार नमिलेका कारण अनावरण रोकिएको छ । बुधबार बिहान ११ बजे सातदोबाटोस्थित राखेप परिसरमा अनावरण गर्ने गरी तयारी गरिए पनि सहिदको अनुहारसँग सालिक नमिलेको भन्दै सहिद परिवारका सदस्यले अनावरण रोकेका हुन् ।

अनुहारभन्दा फरक देखिने गरी सालिक बनाएपछि उनीहरूले आपत्ति जनाउँदै आयोजकलाई उद्घाटन रोक्न भनेका थिए । ११ बजे तय भएको कार्यक्रमका लागि गृहमन्त्री सुदन गुरुङ, भौतिक विकासमन्त्री सुनील लम्साललगायतको टोली सालिक तथा पार्क निर्माण गरिएको स्थानमा पुगेका थिए । जहाँ सहिदका परिवार सदस्य पनि सहभागी थिए । अनावरणका लागि ठिक्क पारिएका सालिकमा सहिद परिवारले अनुहार नमिलेको बताएपछि कार्यक्रम रोकिएको हो ।

जेन–जी सहिद सालिक निर्माणका सहजकर्ता अर्जुन थापाका अनुसार सालिक निर्माणको मुख्य काम पूरा भए पनि फिनिसिङमा केही समस्या देखिएपछि तत्काल अनावरण नगर्ने निर्णय गरिएको हो । 

See More On

सुझावित समाचार