प्रधानमन्त्रीलाई गगनको सुझाव– महासभामा जानुअघि विज्ञको रिपोर्ट हेर्नुस्, सचिवालयको मात्र भर नपर्नुस्

आइतबार, २१ भदौ, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसका सभापति गगन थापाले संयुक्त राष्ट्रसंघको महासभामा तथ्यसहित प्रस्तुत हुन प्रधानमन्त्री बालेन्द्र शाहलाई आग्रह गरेका छन्। आइतबार पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सभापति थापाले सचिवालयको मात्र भर नपरी विज्ञहरू र संस्थाहरूको रिपोर्ट अध्ययन गर्न सुझाव दिए।

महासभालाई प्रभाव गर्न सक्ने नेपाली विदेशमा रहेका उल्लेख गर्दै उनले नेपालकै विश्वविद्यालयसहित विभिन्न संस्थाहरूले समेत सशक्त रूपमा काम गरिरहेकाले ती संस्थासँग छलफल गर्न अनुरोध गरे। 

‘योपटक किन हाम्रो क्लेम ठिक छ भन्ने सन्दर्भमा साइन्टिफिक स्टडीसहित जानुपर्छ,’ थापाले भने, ‘तपाईं जानुभन्दा पहिला यसअघिका सरकारले के के गरेका थिए भन्ने कुरा एकपटक पल्टाएर हेर्नुस्। विश्वविद्यालयलगायत नेपालका संस्थाहरूको अध्ययनलाई पनि टेबलमा ल्याउनुस्। विज्ञहरू हुनुहुन्छ, केवल आफ्नो सचिवालयको मान्छेको मात्र भर नपर्नुस्।’
 

सुझावित समाचार