बाढी तथा डुबानका कारण जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क हवाई उद्धार सेवा उपलब्ध गराइएको छ। महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले स्थानीय तहमा उपचार सम्भव नभएका तथा तत्काल थप उपचार आवश्यक पर्ने गर्भवती र सुत्केरी महिलालाई हवाई माध्यमबाट उद्धार गरी उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्थामा पुर्याउने व्यवस्था गरिएको जनाइएको छ।
जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलाको तत्काल उद्धार तथा आवश्यक समन्वयका लागि हटलाइन नम्बर ९८५१२५५२५४ मा सम्पर्क गर्न आग्रह गरिएको छ।
विपतकाे समयमा सही सूचना र समयमै समन्वय गर्न सकेमा सम्भावित मानवीय क्षति न्यूनीकरण गर्न सकिने भएकाले सम्बन्धित परिवार, स्थानीय तह तथा सरोकारवालालाई आवश्यक परे तत्काल हटलाइनमा सम्पर्क गर्न आग्रह गरिएको छ।