महाधिवेशनबारे छलफल गर्न २० भदौका लागि गगनले बोलाए बैठक

बिहिबार, १८ भदौ, २०८३
डिजिटल संस्करण

गगन थापा नेतृत्वको कांग्रेस संस्थापनले १६–१९ असोजका लागि तय भइसकेको १५औँ केन्द्रीय महाधिवेशनको तयारीमाथि छलफल गर्न २० भदौमा पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । संस्थापनको कार्यतालिकाअनुसार २४ भदौमा वडा अधिवेशन हुँदै छ । 

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थितिका लागि सूचित र त्यसमा दुई एजेन्डा तय भएको कार्यवाहक महामन्त्री गुरुराज घिमिरेले बताए । ‘बाढी प्रभावितलाई पार्टीले बुझाउने राहतको विषयमा मुख्य छलफल हुन्छ । विपत्मा परेकालाई कांग्रेसको संयन्त्र परिचालन गरेर कसरी बढीभन्दा बढी राहत पुर्याउने भन्नेमा छौँ,’ घिमिरेले भने, ‘अर्को एजेन्डा महाधिवेशनसम्बन्धी छ । निर्धारित समयमा नै १५औँ महाधिवेशन हुन्छ ।’ 

देउवा समूहले घोषणा गरेको कार्यतालिकाप्रति उनले अनभिज्ञता प्रकट गरे । उनले भने, ‘पत्रपत्रिकामा समाचार धेरै आउँछन्, त्यसमध्येको एक हो त्यो पनि । त्यसबारे हामीलाई औपचारिक जानकारी छैन,’ घिमिरेले नयाँ पत्रिकासँग भने । 

See More On

सुझावित समाचार