समन्वय नहुँदा पीडित एक ठाउँमा, राहत अर्को ठाउँमा भयो

मंगलबार, १६ भदौ, २०८३
डिजिटल संस्करण

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले तीन तहका सरकारबिच समन्वय नभएकामा सरकारको ध्यानाकर्षण गराएका छन्। दोस्रो तहका नेताहरूको सर्वदलीय बैठकमा ज्ञवालीले पार्टीका तर्फबाट यस्तो धारणा राखेका हुन्।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘समन्वयको अभावले गर्दा राहत सामग्री एक ठाउँमा, पीडितहरू अर्को ठाउँमा भएकोजस्तो स्थिति भएको छ।’ संविधानले ‘विपत् व्यवस्थापन’लाई तीनै तहको अधिकार क्षेत्रभित्र राखेकाले प्रदेश सरकार र स्थानीय सरकारसँग संघ सरकारले अझ बढी समन्वय गर्नुपर्ने उनले औँल्याए।

नेता ज्ञवालीले अन्तर्राष्ट्रिय सहयोग स्वीकार गर्ने विषयमा पनि सरकार चुकेको औँल्याए। सबै क्षेत्रमा आवश्यक नभए पनि विज्ञता नभएको क्षेत्रमा सरकारले अन्तर्राष्ट्रिय सहयोग लिनुपर्नेमा सरकार चुकेको उनको भनाइ थियो।

‘सबै क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग आवश्यक नपर्ला, तर जहाँ हाम्रो एक्सपर्टिज छैन, त्यो ठाउँमा तुरुन्तै अन्तर्राष्ट्रिय सहयोग जुटाउन जरुरी थियो। त्यो ठाउँमा हामी चुक्यौँ कि,’ ज्ञवालीले भने।
 

सुझावित समाचार