विभिन्न स्थानबाट बाढीले बगाएर ल्याएका ७८ शव पोखरामा गाड्न सुरु

बाढीमा परी विभिन्न स्थानबाट बगाएर ज्यान गुमाएकामध्ये नवलपरासीबाट ४१, धादिङबाट २७, तनहुँबाट २३ र गोरखाबाट ११ गरी एक सय दुईजनाको शव पोखरा ल्याइएको थियाे

मंगलबार, १६ भदौ, २०८३
डिजिटल संस्करण

पोखरामा रहेका र पहिचान हुन नसकेका शव कुहिँदै गएपछि व्यवस्थापनको काम मंगलबारदेखि सुरु भएको छ । जिल्ला विपत् व्यवस्थापन समितिको सोमबार बसेको बैठकले शवहरूको व्यवस्थापनको काम मंगलबारदेखि सुरु गर्ने निर्णय गरेको थियाे ।

शव कुहिँदै गएको र त्यसले दुर्गन्धसमेत फैलाएकाले आउने समस्यालाई मध्यनजर गर्दै मंगलबारदेखि शव गाड्ने काम सुरु भएको हाे ।  आफन्तले बुझेर बाँकी रहेका शवहरू मंगलबारदेखि पोखरा महानगरपालिका– १६  स्थित  दीप हाउजिङभन्दा केही तल रहेको सिँचाइमातहत रहेको सिसौघारीको जंगलमा गाड्ने काम सुरु भएको हो ।

बाढीमा परी विभिन्न स्थानबाट बगाएर ज्यान गुमाएकामध्ये नवलपरासीबाट ४१, धादिङबाट २७, तनहुँबाट २३ र गोरखाबाट ११ गरी एक सय दुईजनाको शव पोखरा ल्याइएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बरालले बताए । ती शवमध्ये ७८ शव गाड्ने काम सुरु भएको हाे ।

सुझावित समाचार