भरिन थाल्यो शिक्षण अस्पतालको शवगृह

मंगलबार, १६ भदौ, २०८३
डिजिटल संस्करण

१५० क्षमता रहेको त्रिवि शिक्षण अस्पतालको शवगृह भरिन थालेको छ । यहाँ बाढीसँग सम्बन्धित ६० वटा शव छन् भने पुराना पहिचान हुन बाँकी शव ८० वटा छन् । अब यहाँ १० वटा मात्रै शव राख्न मिल्ने अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोसयराकाअनुसार बाढीमा ज्यान गुमाएका शवहरूमध्ये नौवटाको पहिचान भइरहेको र बाँकीको पोस्टमार्टम जारी रहेको बताए ।

‘अब मन्त्रालयसँग समन्वय गरेर शव व्यवस्थापनबारे निर्णय लिन्छौँ,’ उनले भने । सरकारले यसअघि नै पहिचान सुरक्षित राखेर शवको व्यवस्थापन गर्ने निर्णय गरिसकेको छ, जसअनुसार शनिबार चितवनमा एक सय शव जमिन खाल्डो खनेर व्यवस्थापन गरिएको थियो । 

सुझावित समाचार