मियामीमा पहिलोपटक मेसीको चार गोल

सन् २०२३ मा इन्टर मियामीमा आबद्ध लियोनल मेसीले पहिलोपटक एकै खेलमा चार गोल गरे

सोमबार, १५ भदौ, २०८३
डिजिटल संस्करण

३९ वर्षीय लियोनल मेसीले अमेरिकी मेजर लिग सकर (एमएलएस)मा पहिलोपटक एकै खेलमा चार गोल गरेका छन् । इन्टर मियामीले सिएफ मोन्ट्रेएलविरुद्ध आइतबार ७–१ को जित निकाल्दा मेसीले चार गोल गरेका हुन् । उनले एक असिस्ट पनि निकाले । मेसीको उत्कृष्ट खेल प्रदर्शनपछि मियामीले लिगमा पाँच खेलपछि जित हात पारेको हो । जितसँगै मियामी इन्टर्न कन्फ्रेन्सको अंक तालिकाको दोस्रो स्थानमै रहेको छ । 

मियामीले पहिलो हाफमा २–१ को अग्रता बनाएको थियो भने दोस्रो हाफमा थप पाँच गोल थप्यो । मेसीले खेलको ४०औँ मिनेटमा व्यक्तिगत पहिलो गोल गरेका थिए । उनले ५२औँ र ८३औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । उनले खेलको अन्तिम इन्जुरी समयको छैटौँ मिनेटमा चौथो गोल गरेका थिए । मेसीले चारमध्ये दुई गोल उत्कृष्ट फ्रिकिकका रूपमा निकाले । उनले खेलको ४०औँ मिनेटमा गोल गर्दा फ्रिकिक नै प्रयोग गरे । 

खेलको ५२औँ मिनेटमा उनले एकल प्रयासमा गोल गरे । उनले चौथो गोल विपक्षी गोलरक्षकलाई छकाउँदै गरे । लुइस सुआरेजका लागि पनि मेसीले असिस्ट निकालेका थिए । खेलको अन्तिम इन्जुरी समयमा उनले उत्कृष्ट फ्रिकिक गोल गरेका थिए । ब्राजिलियन मिडफिल्डर कासेमेरोले खेलपछि मेसीको प्रशंसा गरेका छन् । यस खेलमा मियामीले प्रशिक्षकविना प्रतिस्पर्धा गरेको थियो । ‘मेसी टोलीमा हुनुको अर्थ यही हो,’ कासेमेरोले भने, ‘उनी इतिहास रच्ने खेलाडी हुन्, हामीले उनको खेल हेरेर आनन्द लिनुपर्छ ।’

आठपटक एकै खेलमा चार गोल
मेसीले आफ्नो व्यावसायिक फुटबलमा आठपटक एकै खेलमा चार गोल गरेका छन् । पछिल्लोपटक उनले सन् २०२० मा बार्सिलोनाबाट एल्बारका लागि चार गोल गरेका थिए । त्यसपछि उनले उत्कृष्ट प्रदर्शन गरेको मोन्टे«एलविरुद्ध थियो । मेसी सन् २०२३ मा पेरिस सेन्ट जर्मेनबाट मियामीमा आबद्ध भएका थिए । मेसी आफ्नो खेल करिअरको अधिकांश समय स्पेनिस क्लब बार्सिलोनामै रहे । मेसीको चार गोलपछि मियामीका अन्तरिक प्रशिक्षक गुइलेर्माे होयोसले पनि प्रशंशा गरे । 

बार्सिलोना र पिएसजीका पूर्वखेलाडी मेसी यस सिजन एमएलएसको सर्वाधिक गोलकर्ताको दौडमा रहेका छन् । मेसीले यो सिजन १८ गोल गरिसकेका छन् । ‘मेसीको खेलको वर्णन गर्न कठिन छ । अहिले मसँग शब्द छैन,’ अर्जेन्टिनी प्रशिक्षक गुइलेर्माेले भने, ‘मलाई लाग्दैन मेसी कुनै सामान्य फुटबलर हुन् । एक खेलाडी र व्यक्तिका रूपमा उनी धेरै फरक छन् ।’ मेसीले आप्mनो कप्तानीमा अर्जेन्टिनालाई सन् २०२२ को विश्वकप जिताएका थिए । २३औँ संस्करणको विश्वकपमा उनले अर्जेन्टिनालाई उपविजेता बनाएका थिए । 

See More On

सुझावित समाचार