टोखा–छहरे हुँदै आप्र–नर्जा–कालिकास्थान–धुन्चे पुग्ने सडकखण्ड सञ्चालनमा आएको छ। बाढीले बेत्रावती हुँदै धुन्चे जाने सडकखण्ड अवरुद्ध भएपछि चारचक्के साना सवारीसाधन सञ्चालन हुने गरी वैकल्पिक सडक सञ्चालन गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
काठमाडौंको टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा ल्याइएको हो।