भोटेकोशी बाढीमा अलपत्र ११७ पर्यटकको उद्धार

शुक्रबार, १२ भदौ, २०८३
डिजिटल संस्करण

भोटेकोशीमा आएको बाढीका कारण अलपत्र परेका ११७ जना पर्यटकको उद्धार गरिएको छ।

नेपाल पर्यटन बोर्डका अनुसार उद्धार गरिएकामध्ये ८५ जना भारतीय, १६ जना चिनियाँ र नाैजना कोरियाली पर्यटक रहेका छन्। यस्तै, दुई अमेरिकी र दुई इटालियन नागरिकको पनि उद्धार गरिएको बोर्डले जनाएको छ। उद्धार गरिएका थप तीनजनाको भने राष्ट्रियता तथा पहिचान खुल्न सकेको छैन।

सम्पर्कविहीन पर्यटकको खोजी तथा उद्धार कार्य जारी रहेको छ।
 

सुझावित समाचार