सरकारले विपतसम्बन्धी सूचना प्रवाहमा अफवाह र हल्लाको पछि नलाग्न नागरिकलाई आग्रह गरेको छ।
सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विपतसम्बन्धी आधिकारिक जानकारी राष्ट्रिय विपत् जोखिम न्यूनीकरण प्राधिकरण र प्रधानमन्त्री कार्यालयको आधिकारिक पेजबाट मात्र लिन आग्रह गरेका हुन्।
‘राष्ट्रिय विपत् जोखिम न्यूनीकरण प्राधिकरणबाट जानकारी आइरहेको छ । प्रधानमन्त्री कार्यालयको पेजबाट पनि आइरहेको छ,’ मन्त्री पोखरेलले भने, ‘आधिकारिक जानकारी मात्र लिनुहोला।’
उनले विपतमा परेका नागरिकको उद्धार तथा राहतका लागि सहयोग गर्न चाहने व्यक्ति तथा संस्थालाई प्रधानमन्त्री राहत कोषमा मात्र रकम जम्मा गर्नसमेत आग्रह गरे।
‘देश–विदेशबाट सहयोग गर्न खोज्नुभएको छ भने प्रधानमन्त्री राहत कोषमा मात्र जम्मा गरिदिनु हुन अनुरोध गर्दछु,’ उनले भने।