सरकारले भारतसँग सरकार–सरकार (G2G) माध्यमबाट २५ हजार मेट्रिक टन डिएपी मल खरिद गर्न कृषि सामग्री लिमिटेडलाई सैद्धान्तिक सहमति दिएको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि सामग्री लिमिटेडलाई उक्त परिमाणमा डिएपी मल खरिद प्रक्रिया अघि बढाउन सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो।
कृषि क्षेत्रमा मलको अभाव हुन नदिन तथा आवश्यक आपूर्ति सुनिश्चित गर्न सरकारले भारतबाट डिएपी मल खरिद गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।
यसैगरी, मन्त्रिपरिषद् बैठकले बाढी तथा विपतबाट प्रभावित नागरिकलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने विषयमा समेत आवश्यक निर्णय गरेको छ।