प्रधानमन्त्री बालेन्द्र शाहले बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।
प्रधानमन्त्री शाह आज बिहान ९:३० बजे पूर्वाधार विकासमन्त्री सुनील लम्सालसहित सडकमार्ग हुँदै नुवाकोट पुगेका थिए। थियो। बाढी प्रभावित बस्तीको भौतिक अवस्था तथा क्षतिको अवलोकन गरेपछि उनी आजै काठमाडौं फर्किएका हुन् ।
हिजो रसुवाको भोटेकोशी हुँदै आएको बाढीले नदीतटीय क्षेत्रमा ठुलो क्षति पुर्याएपछि प्रधानमन्त्री शाहले उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन उच्चस्तरीय बैठक आह्वान गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएका थिए ।
नुवाकोट भ्रमणका क्रममा प्रधानमन्त्री शाह र मन्त्री लम्सालसहितको टोलीले बाढीबाट भएको भौतिक क्षतिको स्थलगत अनुगमन गर्नुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग छलफल गरेको थियो।
सो क्रममा प्रधानमन्त्री शाहले विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराउन, अवरुद्ध सडक तथा अन्य पूर्वाधार शीघ्र सञ्चालनमा ल्याउन र दीर्घकालीन पुनर्स्थापनाको कामलाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिए। स्थलगत निरीक्षणपछि प्रधानमन्त्री शाहको टोली आवश्यक निर्देशनसहित काठमाडौं फर्किएको छ।