रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएका १७ जनाको शव भेटिएको छ ।
रसुवा, नुवाकोट र धादिङमा गरेर हालसम्म १७ जनाको शव भेटिएको तर मृतकको पहिचान नभएको प्रहरी प्रवक्ता डिआजी अविनारायण काफ्लेले बताए।
हाल सरकारले हेलिकोप्टर परिचालन गरी घाइतेहरूको उद्धार गरिरहेको छ। सामान्य घाइतेलाई नुवाकोट तथा गम्भीरलाई काठमाडौं ल्याएर उपचार भइरहेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए ।
उद्धारका लागि १४ वटा हेलिकोप्टर परिचालन गरिएको छ ।
बाढीपछि सयौँ सम्पर्कविहीन छन्।