रसुवागढी भन्सारका १४ कर्मचारी अझै सम्पर्कविहीन, खोजी र उद्धार जारी

३६ स्थायी दरबन्दीमध्ये प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगानासहित २५ जना सम्पर्कमा आए

बुधबार, १० भदौ, २०८३
डिजिटल संस्करण

रसुवामा आएको बाढीका कारण रसुवागढी भन्सार कार्यालयका कर्मचारी प्रभावित भएका छन्। कार्यालयमा रहेका ३६ स्थायी दरबन्दीमध्ये प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगानासहित २५ जना सम्पर्कमा आएका छन्।

भन्सार कार्यालयका अनुसार करार तथा ज्यालादारीतर्फका चार कर्मचारीमध्ये एकजना सम्पर्कमा छन्। बाँकी कर्मचारीको खोजी तथा उद्धार कार्य जारी रहेको छ।

हालसम्म ११ जना स्थायी कर्मचारी र तीनजना करार तथा ज्यालादारी कर्मचारी सम्पर्कविहीन रहेको कार्यालयले जनाएको छ। उनीहरूको अवस्था यकिन गर्न खोजी तथा उद्धार टोली परिचालन गरिएको छ।

बाढीका कारण रसुवागढी भन्सार क्षेत्रमा उत्पन्न अवस्थालाई मध्यनजर गर्दै सम्बन्धित निकायबिच खोजी, उद्धार तथा समन्वयको काम भइरहेको छ। सम्पर्कविहीन कर्मचारीको अवस्थाबारे थप विवरण प्राप्त हुन बाँकी रहेको छ।

सुझावित समाचार