रसुवामा कार्यरत ४९ प्रहरी सम्पर्कविहीन

बुधबार, १० भदौ, २०८३
डिजिटल संस्करण

भाेटेकाेशी नदीमा एक्कासि आएको बाढीले रसुवामा चार प्रहरी कार्यालय बगाएको छ। ती कार्यालयमा कार्यरत सबै प्रहरी सम्पर्कविहीन रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

बाढीले इप्रका टिमुरे, रसुवागढी, प्रहरी चौकी स्याफ्रुबेँसी र मेलुङ बगाएको छ । टिमुरमा कार्यरत १६ जना, स्याफ्रुबेँसीका नौजना, रसुवागढीका नौजना र मेलुङका ६ जना प्रहरी सम्पर्कविहीन छन् । 

त्यस्तै, सशस्त्र प्रहरीका पनि टिमुरे बिओपीका नौ कर्मचारी सम्पर्कविहीन रहेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ । चीनतर्फबाटै त्रिूली नदीमा एक्कासि बाढी आएको हो । हिमताल फुटेर बाढी आएको आशंका गरिएको छ। बाढीले नुवाकोटमा पनि ठुलो क्षति गरेको छ। 
 

See More On

सुझावित समाचार