रसुवास्थित भोटेकोशी नदीमा बाढीको जोखिम बढेपछि मनसुन प्रतिकार्य कमान्ड पोस्टको आकस्मिक बैठक सुरु भएको छ।
गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा सुरु भएको बैठकमा भोटेकोशी नदीमा बढिरहेको जलसतह, सम्भावित जोखिम तथा तत्काल अपनाउनुपर्ने उद्धार र राहतका उपायबारे छलफल भइरहेको छ।
बैठकबाट बाढी प्रभावित क्षेत्रको सुरक्षा, सम्भावित जोखिममा रहेका बस्तीको निगरानी तथा आवश्यक परे तत्काल उद्धार टोली परिचालन गर्ने विषयमा निर्णय हुने अपेक्षा गरिएको छ।
प्रशासनले नदीआसपासका बासिन्दालाई सतर्क रहन र जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गरेको छ।