एक किलो फोहोरमा दुई सय खर्च

मंगलबार, ९ भदौ, २०८३
डिजिटल संस्करण

काठमाडौं  महानगरपालिकाले उपत्यकाको फोहोर व्यवस्थापनका लागि गरेको खर्च निकै ठुलो छ । एकातर्फ फोहोरबाट मानव स्वास्थ्यमा असर परिरहेको छ भने अर्कातर्फ फोहोर व्यवस्थापन गर्ने प्रक्रियामा महानगरले ठुलो रकम खर्च गरेको छ ।

महानगरका अनुसार एक किलो फोहोरमा करिब दुई सय रुपैयाँ खर्च हुने गरेको छ । यो वातावरण विभागले गरेको अनुमानित तथ्यांक हो । अझ यसमा अध्ययन नै गरेर वास्तविक खर्च निकाल्ने विभाग प्रमुख राईको भनाइ छ ।

उनका अनुसार वार्षिक रूपमा फोहोर व्यवस्थापनसँग सम्बन्धित सबै प्रकारका कार्यमा करिब तीन अर्बभन्दा बढी खर्च हुने गरेको छ । अझ यसमा निजी क्षेत्रले समेत काम गरिरहेकाले त्यो खर्च पनि जोड्दा फोहोर व्यवस्थापनमा ठुलो रकम खर्च भइरहेको छ । फोहोर संकलन, ढुवानी, विसर्जन, वर्गीकरण, चालक, कुचीकार, फोहोर ढुवानीका साधनस्रोतलगायतमा बढी खर्च हुने गरेको छ । 

See More On

सुझावित समाचार