पाकेटमार र बलात्कारीलाई एउटै सजायले हुँदैन : सांसद कुँवर

सोमबार, ८ भदौ, २०८३
डिजिटल संस्करण

रास्वपा सांसद श्रद्धा कुँवर क्षेत्रीले पाकेटमार र बलात्कारीलाई एउटै कारागारमा राखेर सजाय दिन नमिल्ने बताएकी छिन्। संविधानले मृत्युदण्ड र देशनिकालाजस्ता सजाय निषेध गरेकोमा आफू जानकार रहेको बताउँदै सांसद कुँवरले बलात्कारीलाई अझै कडा सजाय हुनुपर्नेमा जोड दिइन्।

सोमबार प्रतिनिधिसभा बैठकमा उनले सदन र सरकारमा महिला सहभागिता ऐतिहासिक भए पनि महिलामाथिको हिंसा भने नरोकिएको उल्लेख गरिन्। उनले भनिन्, ‘पासाङ, सीता, पारिजातका कथा र गाथा सुनाउने यो समाजमा एउटी महिलाको वास्तविक यात्रा कति पीडादायी छ भन्ने कुरा यो सदनमा रहेका प्रत्येक महिलाले देख्नुभएको छ, भोग्नुभएको छ।’

सबै अपराधको प्रकृति र गम्भीरता एउटै नहुने बताउँदै सांसद कुँवरले प्रमाणित बलात्कारीलाई हदैसम्मको कारबाही हुनुपर्ने बताइन्। उनले भनिन्, ‘एउटा पाकेटमार र एउटा बलात्कारीलाई एउटै कारागारमा राखेर सजाय दिन मिल्दैन। प्रमाणित बलात्कारी र जघन्य महिला हिंसाका अपराधीलाई कानुनको सजायको डर यति बलियो बनाओस् कि अपराध गर्ने सोच नै जन्मिन नपाओस्।’

सुझावित समाचार