निर्मल पुर्जाको अन्त्येष्टि समारोहमा सहभागी हुन पूर्वउपसभामुख रानामगर बेलायत प्रस्थान

सोमबार, ८ भदौ, २०८३
डिजिटल संस्करण

पूर्वउपसभामुख एवं प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगर बेलायत प्रस्थान गरेकी छिन् । कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ)को अन्त्येष्टि समारोहमा सहभागी हुन रास्वपा सांसद रानामगर सोमबार बेलायतको लन्डन प्रस्थान गरेकी हुन् । 

पाकिस्तानको ब्रोडपिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी मृत्यु भएका पूर्वगोर्खा सैनिक निर्मल पुर्जाको २६ अगस्टमा दक्षिण पश्चिम इंग्ल्यान्डको ब्लान्डफोर्ड फोरमस्थित मिल्टन एबीमा अन्त्येष्टि समारोह हुँदै छ । 

बेलायतको नागरिकता लिएका निम्सको अन्त्येष्टि इंग्ल्यान्डमा हुन लागेको हो। निम्सको अन्त्येष्टिमा सहभागी हुन सांसद डेभिड मिंमा शेर्पा पनि आजै बेलायत जाँदै छन्। सांसद रानामगरले यसअघि संसदमा निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेकी थिइन् ।

सुझावित समाचार