भूमि व्यवस्था सरकारी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल कञ्चनपुरका गाउँबस्तीमा पुगेर नागरिकका समस्या बुझेकी छिन् । शनिबार मातृभूमि गृहनगर सुदूरपश्चिम पुगेकी प्रतिभा रावल कैलालीकोे टीकापुर, धनगढी र आइतबार कञ्चनपुरको दोधाराचाँदनी, भीमदत्त, बेदकोट, शुक्लाफाँटासहितका गाउँबस्तीमै पुगेर नागरिकका समस्या बुझेकी हुन् ।
मन्त्री रावलसमक्ष आरक्षपीडितदेखिका सुकुमवासी भूमिहीन, मुक्त कमैया, हलिया, अव्यवस्थित बसोबासीहरूले भूमिकै समस्या दर्शाएका छन् । कञ्चनपुरका नागरिकहरूले आफूहरू वर्षौँदेखि जमिनको स्वामित्वबाट वञ्चित भएकाले आफूहरूको समस्या समाधानका लागि अनुनयविनय गरेका छन् ।
यसअघि तामझाम फूलमालासहित गाउँमा आउने मन्त्रीलाई सम्भाव, स्वागतमा भ्याइनभ्याई हुने, तर यसपटक सहजै रूपमा नागरिकहरूले मन्त्री रावलसमक्ष समस्या दर्शाएका छन्। बिहानैदेखि अबेर रातिसम्मै गाउँबस्तीमा पुगेकी मन्त्री रावलले नागरिकका समस्या सुनेर छिट्टै लालपुर्जा दिने प्रतिबद्धता जाहेर गरेकी छिन् । मन्त्री रावलसमक्ष कञ्चनपुरमा नागरिकले जग्गाधनी प्रमाणपत्र (लालपुर्जा)देखि सहकारीका ठग्नेमाथि कारबाहीको माग अघि सारिएका छन् ।
मन्त्रीमा नियुक्त भएको डेढ सय दिनमा जिल्ला भ्रमणमा आएकी मन्त्री रावलसमक्ष समस्यामा चाङैचाङ राखिएका छन् । बेदकोट नगरपालिका– ८ का वडाध्यक्ष महेशराज जोशीले भूमि आयोगले बाँकी कामकाज अघि बढाएर जनतालाई जमिनको मालिक बनाउनतर्फ सरकारले सहयोग गर्नुपर्नेमा मन्त्री रावलको ध्यानाकर्षण गराएका छन् । वडाध्यक्ष जोशीले बेदकोट– ८ को भूमि समस्या बाधा–अड्काउ फुकाएरै भए पनि जनताको हितमा कामकाजमा जोड दिएका छन् ।
भीमदत्त नगरपालिका– १३ का वडाध्यक्ष रामचन्द्र बोहराले मन्त्रीलाई लिखित मौखिक रूपमा ध्यानाकर्षण गराउँदै गत विगतमा भूमि आयोगले गरेको अधुरा कामकाज पूरा गरिदिन आग्रह गरेका छन् । वडाध्यक्ष बोहराले ०२२ सालदेखिका नागरिकले हालसम्म पुर्जा नपाएको र ०६६ सालमै राजस्व बुझाएका किसानले पनि पुर्जा नपाएकाले वडाभरिका ६५० परिवारलाई यथाशीघ्र पुर्जा दिलाउन माग अघि सारेका हुन् ।
कञ्चनपुरका आरक्षपीडितले समेत अढाई दशकदेखि आफूहरूको समस्या समाधान नभएको भूमिहीन भएको भन्दै न्यायिक व्यवस्थापनको माग अघि सारेका छन् । आरक्षपीडित संघर्ष समितिका सहसचिव कृष्ण भट्टले मन्त्री रावलसँग लिखित मौखिक गरेर समस्या समाधानका लागि माग अघि सारेको बताए । कञ्चनपुर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष प्रेमसिंह भाटले समग्र समस्यामा समस्यादेखि ठगीमाथि कारबाहीको माग अघि सारेको बताए ।
उनका अनुसार ऋण असुली, सहकारीको संरक्षणदेखि बचतकर्ताको रकम फिर्तादेखिका सहकारी क्षेत्रमा देखिएका समस्या समाधानको माग अघि सारिएको छ । प्रशासन कार्यालय कञ्चनपुरमा भूमि समस्या समाधान आयोगले जिल्लाका नाैवटै पालिकाले गरेका कामकाजबारे समीक्षा गरिएको छ ।
प्रमुख जिल्ला अधिकारीसमेत रहेका भूमि आयोगका अध्यक्ष मदन कोइरालाले हालसम्म जिल्लाका नाैवटै पालिकामा भूमि आयोगको कामकाजकाे समीक्षासमेत गरिएको बताए। ‘हामीले भूमि आयोगले हालसम्मको कामकाजबारे समीक्षा गर्याैँ,’ उनले भने, ‘जहाँ–जहाँ समस्या भयो, त्यही विषयमा मन्त्रीज्यूले पनि चासो राख्नुभयो, बाधा–अडकाउ फुकाउनका लागि मन्त्रालय, प्रदेश र स्थानीय सरकारले आ–आफ्नो तहबाट सहयोग गर्ने विषयमा छलफल भयो ।’ मन्त्री रावलले पनि जिल्लाबाट दिन सक्ने पुर्जा वितरणका लागि भूमि आयोगलाई निर्देशन दिएकी छिन् ।
रास्वपा कञ्चनपुरका सभापति पदम विष्टले पहिलोपटक मन्त्री प्रतिभा रावलले जिल्ला भ्रमण गर्दा चुनावका वेला गरिब भूमिहीन जनतालाई लालपुर्जा दिने वर्षौँदेखि आरक्षपीडितको समस्यादेखि जकल्टिएको सरकारी निकायमा हुने संस्थागत भ्रष्टाचार अन्त्यका लागि ध्यानाकर्षण राएको बताए । संघीय सरकारको महत्त्वपूर्ण मन्त्रालय सम्हालेकी मन्त्री सुदूरपश्चिमकी छोरी मातृभूमि नगरी आउँदा स्थानीयले स्वागत सम्मान एवं खुसी व्यक्त गरिरहेका छन् ।
वर्षौँदेखिका भूमि समस्यादेखि सरकारी निकायमा हुने बेथिति, अनियमितता, भ्रष्टाचार अन्त्यका लागि मन्त्री रावलसँग नागरिक आशावादी छन् । पहिलोपटक मातृभूमि सुदूरपश्चिम कञ्चनपुर आएकी मन्त्री प्रतिभा रावलले नागरिकका समस्या अध्ययन गर्दै समाधान गरेर लालपुर्जा वितरणमा कार्य अघि बढाउने वचन दिएकी छिन् ।
कञ्चनपुरमा सरकारी कर्मचारीसँग जिल्लाको समस्या शान्तिसुरक्षा, विकास निर्माण, सरकारी सेवा, पार्टीका नेता–कार्यकर्ताहरूदेखि नागरिकसँगै गएर उनीहरूका समस्या सुन्दै समाधानका लागि आफ्नो मन्त्रालय वा अन्तरमन्त्रालय सरकारबाट पहलको वाचा गरेकी छिन्। कञ्चनपुर महेन्द्रनगरमा बाल्यकाल बिताएकी रावल मन्त्रीमा नियुक्त भएपछि ६ महिना अर्थात् १५० दिनमा मातृभूमिमा पाइला टेकेकी मन्त्री रावतले निर्माणाधीन मझगाउँ विमानस्थलको समेत स्थलगत अनुगमन गरेकी थिइन् । यसपटक मन्त्री रावलको भ्रमणबाट उपलब्धि हुनेमा नागरिक आशावादी रहेका छन् ।