किस्तीमा आएको प्रधानमन्त्रीको अफर हाँसीहाँसी अस्वीकार गरेँ : सभापति लामिछाने

आइतबार, ७ भदौ, २०८३
डिजिटल संस्करण
किस्तीमा आएको प्रधानमन्त्रीको अफर हाँसीहाँसी अस्वीकार गरेँ : सभापति लामिछाने

फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले किस्तीमा आएको प्रधानमन्त्रीको प्रस्ताव आफूले हाँसीहाँसी अस्वीकार गरेको बताएका छन्। लामिछानेले २१ सिटको दलको नेताको रूपमा प्रधानमन्त्री बन्न आफ्नो मात्र हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएको बताएका हुन्। 

आइतबार पार्टीका केन्द्रीय सदस्यको प्रशिक्षण कार्यक्रममा सभापति लामिछानले भने, ‘म यहाँ गर्वका साथ भन्न सक्छु– किस्तीमा आएको प्रधानमन्त्री पदलाई हाँसीहाँसी नमस्कार गरेको हो। मैले यसलाई गर्वको विषय बनाउन खोजेको होइन, इतिहासको पानामा दर्ज मात्र गराउन खोजेको हो।’

देशले परिवर्तनको आन्दोलन कुरेर बसेकाले आफूले त्यो प्रस्ताव स्वीकार नगरेको लामिछानेको जिकिर छ। ‘देशले त्यत्रो आन्दोलन कुरेर बसेको थियो। देशले यत्रो परिवर्तन कुरेर बसेको थियो। देशले यस्ता होनहार मान्छे कुरेर बसेको थियो। मसँग त्यो अधिकार थिएन,’ उनले भने। 
 

सुझावित समाचार