अख्तियारको स्वतन्त्रतामाथि सांसद सिंहको प्रश्न

बिहिबार, ४ भदौ, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संस्थागत स्वतन्त्रता र निष्पक्षतामाथि प्रश्न उठाएका छन् ।

संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले अख्तियारका पदाधिकारी प्रधानमन्त्री कार्यालय पुगेको विषयलाई लिएर संवैधानिक निकायको मर्यादा र स्वायत्ततामाथि गम्भीर प्रश्न उठाएका हुन् ।

‘अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा हो कि संवैधानिक आयोग ?’ भन्दै सिंहले आयोगका पदाधिकारी प्रधानमन्त्री कार्यालयमा पुग्नु उचित नभएको धारणा राखे ।

सरकारका कामकारबाहीमाथि निगरानी राख्ने र आवश्यक सन्तुलन कायम गर्ने उद्देश्यले गठन भएको संवैधानिक निकायका पदाधिकारी नै प्रधानमन्त्री कार्यालयमा पुग्ने अवस्थाले आयोगको स्वतन्त्रतामाथि प्रश्न उठ्न सक्ने उनको तर्क थियो ।

सुझावित समाचार