नेपाल–भारत संयुक्त कार्य समूहको बैठक बिहीबारदेखि सुरु हुँदै

बुधबार, ३ भदौ, २०८३
डिजिटल संस्करण

नेपाल र भारतबिच हरेक वर्ष बस्दै आएको संयुक्त कार्य समूह (ज्वाइन्ट वर्किङ ग्रुप–जेडब्लुजी)को बैठक बिहीबारदेखि सुरु हुँदै छ। बैठकमा सहभागी हुन गृह मन्त्रालयका सहसचिव नेतृत्वको टोली भारत प्रस्थान गरेको छ। 

सहसचिव आनन्द काफ्ले नेतृत्वको टोली भारत गएको हो । टोलीमा अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारी, गृहकी सीमा सुरक्षा विभागका उपसचिव, तीनै सुरक्षा निकायका प्रतिनिधिहरू छन्। सीमा क्षेत्रमा देखिएका समस्याहरूका विषयमा बैठक केन्द्रित हुने गृह मन्त्रालयका अधिकारी बताउँछन् । 

कार्य समूहको १३औँ बैठक गत वर्ष पोखरामा बसेको छ। हरेक वर्ष पालैपालो नेपाल र भारतले यस्तो बैठक आयोजना गर्दै आएका छन्। 
 

सुझावित समाचार