सभापति थापाको संयोजकत्वमा १५औँ महाधिवेशन व्यवस्थापन समिति गठन

मंगलबार, २ भदौ, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैककले सभापति गगन थापाको संयोजकत्वमा १५औं महाधिवेशन व्यवस्थापन समिति गठन गरेको छ।

२४ साउनदेखि १ भदौसम्म केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले १५औं महाधिवेशनका लागि विभिन्न समिति गठन गर्ने निर्णय गरेको हो।

यसैगरी, पार्टीका प्रवक्ता देवराज चालिसेको संयोजकत्वमा महाधिवेशन प्रचारप्रसार समिति र महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा विधान संशोधन समिति गठन गर्ने निर्णय कांग्रेसले गरेको छ।

महाधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्न मूल समितिले आवास, खाद्य व्यवस्था, मञ्च व्यवस्थापन, अतिथि सत्कार, स्वास्थ्यलगायत विभिन्न उपसमितिहरु गठन गर्ने प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

सुझावित समाचार