सहसचिव मदन दाहालसँग १५ लाख धरौटी माग

सोमबार, १ भदौ, २०८३
डिजिटल संस्करण

सम्पत्ति शुद्धीकरणको कसुर लागेका नेपाल सरकारका सहसचिव मदन दाहालसँग विशेष अदालतले १५ लाख रुपैयाँ धरौटी माग गरेको छ। दाहाल बिमा प्राधिकरणको अध्यक्ष हुँदा बिचौलिया दीपक भट्टको स्वार्थअनुसार हिमालयन रिइन्स्योरेन्सलगायत कम्पनीको पक्षमा नीतिगत सहयोग गरेको अभियोगमा गत २८ जेठमा  सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो। 

सोमबार अदालतमा उपस्थित भएका दाहालको बयानपछि थुनछेक आदेश भएको हो। पदीय जिम्मेवारीसमेतलाई ध्यानमा राखेर विशेषले १५ लाख रुपैयाँ धरौटी माग गरेको हो । दाहाल पछिल्लो समय सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा कार्यरत थिए। 

सुझावित समाचार