नेपाल एयरलाइन्सका दुई कर्मचारी अवैध डलरसहित पक्राउ

सोमबार, १ भदौ, २०८३
डिजिटल संस्करण

नेपाल एयरलाइन्सका दुई कर्मचारी आठ हजार डलर तथा २४ हजार मलेसियन रिंगेटसहित विमानस्थलमा पक्राउ परेका छन्। आइतबार बेलुका नेपाल एयरलाइन्समार्फत मलेसिया जान लागेका ५४ वर्षीया जननी बज्राचार्य र ३५ वर्षीया ममता पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो। 

उनीहरूमध्ये बज्राचार्यको साथबाट चार हजार तीन सय डलर र १२ हजार तीन सय ७२ रिंगेट र पाण्डेको साथबाट चार हजार दुई सय डलर तथा १२ हजार तीन सय २८ रिंगेट बरामद भएको प्रहरीले जनाएको छ। पाँच हजार डलरभन्दा धेरै विदेशी मुद्रा बोक्न नपाइनेमा उनीहरूले स्रोत पनि खुलाउन नसकेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ। थप अनुसन्धानका लागि उनीहरूलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाइएको एसपी राजकुमार सिलवालले बताए। 

सुझावित समाचार