बागमती र लुम्बिनीमा राप्रपा तटस्थ बस्ने

सोमबार, १ भदौ, २०८३
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको विश्वासको मतको प्रस्तावमा तटस्थ बस्ने भएको छ। 

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार सोमबार दुवै प्रदेशमा हुने विश्वासको मत प्रक्रियामा पार्टीले कुनै पक्षमा मतदान नगर्ने निर्णय गरेको हो। उनले सामाजिक सञ्जालमार्फत राप्रपाले आफ्ना प्रदेश सांसदलाई तटस्थ बस्न ह्विप जारी गरेको जानकारी दिएका छन्।

सोमबार बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। बागमतीमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार छ भने लुम्बिनीमा नेकपा (एमाले) नेतृत्वको सरकार छ।

दुवै प्रदेशमा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बिच सरकार गठनका लागि सहमति भए पनि मुख्यमन्त्रीहरूलाई प्रदेश सभामा स्पष्ट बहुमत जुटाउन साना दलको समर्थन आवश्यक देखिएको छ।

यही अवस्थामा राप्रपाले भने दुवै प्रदेशमा तटस्थ रहने निर्णय गरेको हो। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बागमती र लुम्बिनी प्रदेशका संसदीय दलका नेतालाई तटस्थ बस्न निर्देशन दिएको प्रवक्ता श्रेष्ठले बताएका छन्।

सुझावित समाचार