नेताहरूको छुद्र भाषाले नै वामपन्थी जनमतलाई भड्कायो : शंकर पोखरेल

आइतबार, ३१ साउन, २०८३
डिजिटल संस्करण
नेताहरूको छुद्र भाषाले नै वामपन्थी जनमतलाई भड्कायो : शंकर पोखरेल

फाइल तस्बिर

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेताहरूको छुद्र भाषाकै कारण वामपन्थी जनमत भड्किएको टिप्पणी गरेका छन्। आइतबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले यस्तो बताएका हुन्।

भाषाको सही प्रयोग गर्न नसक्दा आन्दोलन र आन्दोलनका नेताप्रति नै अनास्था र अविश्वास पैदा हुने प्रस्ट्याउँदै उनले भने, ‘नेकपाकालभित्रको अन्तरसंघर्ष र त्यसक्रममा नेताहरूले एकले अर्कालाई आलोचना गर्न प्रयोग गरेका छुद्र भाषाहरू नै वामपन्थी जनमतलाई भड्काउने विषय बन्यो।’

कम्युनिस्ट नेताहरूमा मिल्दा अत्यन्त मित्रताको भाषा बोल्ने र विवाद हुन थालेपछि हदैसम्मको शत्रुतापूर्ण भाषा प्रयोग समस्या रहेको पोखरेलले औँल्याए। ‘भाषा यस्तो चिज हो जसलाई तपाईंले सही ढंगले प्रयोग गर्न सक्नुहुन्न भने तपाईंले गरेको विरोध र असहमति पनि रचनात्मक हुन सक्दैन,’ उनले भने।

सुझावित समाचार