दुई सचिवको राजीनामा स्वीकृत

बुधबार, २७ साउन, २०८३
डिजिटल संस्करण

सरकारले बहालवाला दुई सचिव कमलप्रसाद पोखरेल र बाबुराम अधिकारीको राजीनामा स्वीकृत गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै सचिवको राजीनामा स्वीकृत गरेको हो।

पोखरेल हालै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव थिए भने अधिकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत थिए।

निजामती किताबखानाका अनुसार आगामी ४ भदौमा अवकाश हुन लागेका अधिकारीले एक साताअघि राजीनामा दिएका थिए। पोखरेल भने २३ भदौ २०८४ सम्म पदमा बहाल रहन पाउने अवस्थामा थिए।

सुझावित समाचार