विकासका लागि समय, भ्रष्टाचार अनुसन्धानमा बहाना नबनाऊ : ज्ञानेन्द्र शाही

बुधबार, २७ साउन, २०८३
डिजिटल संस्करण

राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले विकासका लागि सरकारलाई पर्याप्त समय दिनुपर्ने, तर भ्रष्टाचारका घटनामा अनुसन्धान र कारबाही गर्न समयको अभावलाई बहाना बनाउन नहुने बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाहीले ३५ वर्षमा हुन नसकेको विकास चार महिनामै पूरा गर्नुपर्ने अपेक्षा व्यावहारिक नभएको बताएका छन्। उनका अनुसार सरकारले विकासका काममा परिणाम देखाउन केही समय पाउनु स्वाभाविक भए पनि भ्रष्टाचार नियन्त्रण र अनुसन्धानका विषयमा भने तत्काल कदम चाल्न आवश्यक छ।

देशमा भएका भनिएका ६५ वटा ठुला भ्रष्टाचारका काण्डका मुख्य नायकमाथि प्रभावकारी अनुसन्धान तथा कानुनी कारबाही हुन नसकेको दाबी गर्दै शाहीले भ्रष्टाचार नियन्त्रणमा सरकारको इच्छाशक्ति देखिनुपर्ने बताएका छन्। उनले हालसम्म पक्राउ परेकामध्ये गृहमन्त्रीका व्यापारिक साझेदार भनिएका दीपक भट्ट मात्रै उल्लेखनीय रूपमा कारबाहीमा परेको दाबी गरेका छन्।

शाहीले विकासका लागि समय दिन सकिने भए पनि भ्रष्टाचारको अनुसन्धानमा समयको अभाव देखाएर उम्किन नहुनेमा जोड दिएका छन्। ‘विकासका लागि समय लिनुस्, तर भ्रष्टाचारको अनुसन्धान गर्न समयको बहाना नबनाउनुस्,’ शाहीको भनाइ छ। उनले सरकारले विकाससँगै सुशासन र भ्रष्टाचार नियन्त्रणलाई पनि प्राथमिकतामा राखेर तत्काल परिणाम देखाउनुपर्ने बताएका छन्।

सुझावित समाचार