आलोचनापछि गृहमन्त्री गुरुङले संसदबाट मागे माफी

बिहिबार, २१ साउन, २०८३
डिजिटल संस्करण

राष्ट्रिय सभामा दिएको अभिव्यक्तिपछि आलोचनामा परेका गृहमन्त्री सुधन गुरुङले आफ्नो बोल्ने शैली उपयुक्त नभएको स्वीकार गर्दै सांसदहरूसँग माफी मागेका छन्।

उनले आफूबाट केही कुरा ठाडो तरिकाले व्यक्त भएको महसुस भएको भन्दै त्यसका लागि क्षमायाचना गरेका हुन्। गुरुङले विपत् व्यवस्थापनसम्बन्धी छलफलका क्रममा निर्मला पन्त हत्याकाण्डको प्रसंग जोडिएकोमा असन्तुष्टि जनाउँदै विषयकेन्द्रित छलफल हुनुपर्ने धारणा पनि दोहोर्याएका छन्।

सुझावित समाचार