रवि लामिछानेले सामाजिक सदभाव कायम गराउन धार्मिक अगुवासँग गरे संवाद

शुक्रबार, १५ साउन, २०८३
डिजिटल संस्करण

सामाजिक सदभाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले धार्मिक अगुवासँग छलफल गरेका छन् । सभापति लामिछानेले शुक्रबार पार्टी संसदीय दल कार्यालयमा मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग छलफल गरेका हुन् ।

त्यस्तै, सभापति लामिछानेले विश्व हिन्दु महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयाँलसँग एकसाथ छलफल गरेका छन् ।

उनीहरूले दुवै अगुवालाई सुनसरी, सिराहालगायत देशका विभिन्न भागमा प्रदर्शन रोक्न सदभावको अपिल गर्न आग्रह गरेका हुन् ।

सुझावित समाचार