प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित मानबहादुर कार्कीविरुद्ध परेका उजुरीमाथि संसदीय सुनुवाइ समितिले छलफल सुरु गरेको छ। सिंहदरबारमा जारी बैठकमा समितिले पहिलो चरणमा उजुरीकर्तासँग छलफल गरिरहेको छ। त्यसपछि कार्कीलाई समितिसमक्ष उपस्थित गराई सुनुवाइ लिइने कार्यसूची छ।
कार्कीको नियुक्ति प्रक्रिया, नैतिक आचरण तथा संवैधानिक पदका लागि आवश्यक योग्यतामाथि प्रश्न उठाउँदै समितिमा उजुरी परेको छ। समितिले यसअघि निर्वाचन आयुक्तका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाको सुनुवाइ सम्पन्न गरिसकेको छ।
समितिबाट नाम अनुमोदन भएपछि प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको नियुक्ति राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ।