अब ६ महिना तलबी प्रसूति बिदाको प्रस्ताव, ऐन संशोधनको तयारी

मंगलबार, १२ साउन, २०८३
डिजिटल संस्करण

सरकारले सुत्केरी महिलाले पाउने तलबी प्रसूति बिदा बढाएर ६ महिना पुर्याउने प्रस्ताव अघि सारेको छ। हाल सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ अनुसार सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा कार्यरत महिलाले कम्तीमा ९८ दिन तलबसहितको प्रसूति बिदा पाउँदै आएका छन्।

ऐन संशोधनका लागि तयार पारिएको विधेयकमा दफा १३ को उपदफा १ मा रहेको ‘कम्तीमा अन्ठानब्बे दिन’ भन्ने व्यवस्थालाई हटाएर ‘६ महिना’ राख्ने प्रस्ताव गरिएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले संशोधन विधेयक सार्वजनिक गर्दै सरोकारवालाबाट राय–सुझाव मागेको छ। प्रस्ताव पारित भएमा महिला कर्मचारीले सुत्केरी हुनुअघि वा पछि गरी ६ महिनासम्म तलबसहितको बिदा पाउने व्यवस्था लागू हुनेछ।

सुझावित समाचार