किड्स कप २०२६ को उपाधि लिटिल एन्जल्स स्कुललाई

आइतबार, ३ साउन, २०८३
डिजिटल संस्करण

लिटिल एन्जल्स स्कुलले रोमाञ्चक फाइनल खेलमा काष्ठमण्डप विद्यालयलाई ३–२ गोलअन्तरले पराजित गर्दै पहिलो संस्करणको आइबिबी किड्स कप २०२६ को उपाधि जितेको छ। फाइनल खेल १२ जुलाईमा सम्पन्न भएको थियो।

आइबिबी नेपालको आयोजनामा सम्पन्न उक्त प्रतियोगिता १० वर्षमुनिका बाल फुटबल खेलाडीलाई समेटेर आयोजना गरिएको अन्तरविद्यालय फुटबल प्रतियोगिता हो। फिफा विश्वकपको अवधारणाबाट प्रेरित प्रतियोगितामा ज्ञानोदय बालबाटिका स्कुल, डिएभी स्कुल, दरबार हाइस्कुल, प्राइम ग्लोबल स्कुल, काष्ठमण्डप विद्यालय, लिटिल एन्जल्स स्कुल र क्याम्पियन स्कुललगायत आठ विद्यालयले आठ फरक देशको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गरेका थिए। यस अवधारणाले बाल खेलाडीलाई प्रतिस्पर्धा, टिमवर्क, खेल भावना र उत्साहले भरिएको सानो विश्वकपको अनुभव प्रदान गरेको बताइएको छ।

काष्ठमण्डप विद्यालयविरुद्ध ३–२ को जित निकाल्दै लिटिल एन्जल्स स्कुलले आइबिबी किड्स कप २०२६ को उपाधि उचाल्यो भने काष्ठमण्डप विद्यालय उपविजेता बन्यो।

समापन समारोहमा व्यक्तिगत रूपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई समेत सम्मान गरिएको थियो। लिटिल एन्जल्स स्कुलका आशुतोष पाण्डे प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (एमभिपी) घोषित भए भने काष्ठमण्डप विद्यालयका सम्राटविक्रम शाहले उत्कृष्ट गोलरक्षकको उपाधि प्राप्त गरे।

सुझावित समाचार