कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा श्रीमानले श्रीमतीको हत्या गरेका छन्। दोधाराचाँदनी नगरपालिका– १०, फकिरे टोलका ५० वर्षीय रनबहादुर सुनारले ४५ वर्षीया श्रीमती पारुदेवी सुनारको हत्या गरेका हुन् । बुधबार कुटपिट गरेका रनबहादुर सुनारले बिहीबार पारुदेवीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी टेकबहादुर रावतले एक दिनअघि श्रीमान–श्रीमतीबिच घरायसी विवाद हुँदा कुटपिट गरेको र कुटपिटबाट घाइते श्रीमतीको स्थानीय दोधाराचाँदनी नगर अस्पतालमा उपचार गरेर घर ल्याएको बताए ।
कुटपिटबाट घाइते भएकी पारुदेवीको बिहीबार मृत्यु भएपछि प्रहरीले श्रीमान् रनबहादुर सुनारलाई पक्राउ गरिसकेको छ। प्रवक्ता रावतले घटनाको थप अनुसन्धान भइरहेका जनाएका छन्। यसअघि दोधाराचाँदनीमा गत ०८२ चैतमा श्रीमतीले कुटपिट गर्दा श्रीमानको मृत्यु भएको थियो ।
दोधाराचाँदनी– ७ वियज टोलका ४५ वर्षीया मानसिंह दमाईं हत्याको आरोपमा ४४ वर्षीया श्रीमती पान्सरीदेवी दमाईं पक्राउ परेकी थिइन्। दोधाराचाँदनीमा नगरमा श्रीमान्–श्रीमतीबिचको द्वन्द्व हत्यामा परिणत हुन थालेपछि स्थानीय त्रसित भएका छन्।