नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले मिडियालाई अवरोध गर्ने उद्देश्यले शंकास्पद रूपमा पार्किङ गरिएका सवारीसाधनलाई कुनै अनुसन्धान नगरी दसी–प्रमाण फिर्ता गरिएको विषयप्रति गम्भीर प्रश्न उठाएकी छिन्।
बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष शर्माले उक्त घटनामा प्रहरीसमेत जोडिएको आशंका व्यक्त गरेकी छिन्। उनले मिडियाको मुख थुन्न सरकारी स्तरबाट गरिएको भनिएको हर्कतबारे निष्पक्ष संसदीय छानबिन हुनुपर्ने माग गरेकी छिन्।
शर्माले दोषीको पहिचान गरी कानुनबमोजिम कारबाही गर्न पनि सम्बन्धित निकायसँग आग्रह गरेकी छिन्।