युवा समूहलाई तीनदिने आत्मउद्यमशीलता पुनर्ताजगी तालिम सम्पन्न

बुधबार, ३१ असार, २०८३
डिजिटल संस्करण

महोत्तरीको भंगहा नगरपालिका– ५ स्थित गठित युवा समूहलाई तीनदिने आत्मउद्यमशीलता पुनर्ताजगी तालिम प्रदान गरिएको छ । एइआइएनको साझेदारी, रोयम नेपालको आयोजना र भंगहा नगरपालिकाको समन्वयमा सहभागी २७ जना युवालाई सो तालिम प्रदान गरिएको हो । तालिम मंगलबार समापन भएको हो । 

तालिममा सहभागीहरूलाई उद्यमशील सोचको विकास, आत्मविश्वास अभिवृद्धि, व्यवसायको अवसर पहिचान, व्यवसाय योजना तयार गर्ने तरिका, वित्तीय व्यवस्थापन, बजार अध्ययन तथा बजारीकरण, ग्राहक सेवा, जोखिम व्यवस्थापन, बचत तथा लगानीको महत्त्व तथा व्यवसाय सञ्चालनमा आइपर्ने चुनौतीहरूको समाधानका उपायहरूका विषयमा व्यावहारिक जानकारी प्रदान गरिएको  कार्यक्रमको जिल्ला संयोजक रञ्जु साहले बताइन् । 

युवाहरूलाई समूहगत छलफल गराउनुका साथै  अनुभव आदानप्रदान, अभ्यास तथा प्रस्तुतीकरणमार्फत उनको ज्ञान, सिप र क्षमता अभिवृद्धि गरिएको संयाेजक साहले बताइन्। तालिमको सहजीकरण भंगाहा नगरपालिकाका रोजगार सहायक  सूर्यनारायण ठाकुरले गरेका थिए ।

सुझावित समाचार