फ्रान्सलाई हराउँदै स्पेन दोस्रोपटक विश्वकपको फाइनलमा

बुधबार, ३० असार, २०८३
डिजिटल संस्करण

फिफा विश्वकपमा स्पेन फाइनलमा पुगेको छ। मंगलबारको सेमिफाइनल खेलमा फ्रान्सलाई २–० ले हराउँदै फाइनल पुगेको हो। २२औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेर अग्रता लिएको स्पेनले ५८ मिनेटमा दोस्रो खेल गरेको थियो। खेलमा बलियो टिम मानिएको फ्रान्स निरीह बनेको थियो। 

फिफा विश्वकपमा स्पेन दोस्रोपटक फाइनलमा पुगेको हो। सन् २०१० मा फाइनल पुगेको स्पेनले उपाधि जितेको थियो। 

बुधबार अर्जेन्टिना र इंल्यान्डबिच दोस्रो सेमिफाइनल हुँदै छ। सो खेलको विजेतासँग स्पेनले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। 

सुझावित समाचार