नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दामा सफाइ पाएपछि पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापा कारागारमुक्त भएका छन्। बुधबार उनी केन्द्रीय कारागारबाट छुटेका हुन्।
जेलमुक्त हुनुअघि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको थियो । ती निकायबाट पनि यस प्रकरणमा छुट्टै अनुसन्धान भइरहेको छ ।
जिल्ला अदालत, काठमाडौंले यस मुद्दामा मंगलबार फैसला सुनाएको हो । ३१ जना प्रतिवादी रहेकोमा १६ जनालाई दोषी ठहर गरी सातजनालाई सफाइ दिइएको हो । तीनै सातमध्येमा प्रतीक परेका हुन्। यस मुद्दामा अन्य आठजना फरार रहेकाले उनीहरूको हकमा भने मुल्तवीमा राखिएको छ ।
दोषी ठहर भएकाहरूको सजाय भने आगामी सोमबार सुनाइने जिल्ला अदालत, काठमाडौंले जनाएको छ।
यस मुद्दामा सातजना भने अझै कारागारमा छन्। टोपबहादुर रायमाझी, इन्द्रजित राई, बेचन झा, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा र सागर राई कारागारमै छन्।